काठमाडौं – सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकाे छ।
सिंहदरबारमा एक कार्यक्रमबीच सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकाे हाे ।
सरकारका प्रवक्ता एवम् सन्चारमन्त्री रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । उहाँले अर्थतन्त्रको विकासका लागि कृषि, जलस्रोत र पर्यटनको विकासलाई प्राथमिकता दिने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो,’अर्थतन्त्रको विकासका लागि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्दै लगिनेछ । यस्तै कृषि जलस्रोत र पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिनेछ ।’
उहाँले सरकारी, सहकारी र निजी क्षेत्रको समन्वात्मक तथा क्रियाशीलतको आधारमा विकास आयोजनाहरु सञ्चालन गर्ने योजना पनि रहेको बताउनुभयो ।




प्रतिक्रिया