अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : पहाडी भू-भागमा सामान्य बदली हुने

आजको मौसम : पहाडी भू-भागमा सामान्य बदली हुने


काठमाडौँ-हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

शनिबार भने कोशी, मधेस  र बागमती प्रदेशमा आंशिक बदली रहने छ। कोशी र गण्डकी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।