अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदभवन अगाडि फेरि आत्मदाह प्रयास

संसदभवन अगाडि फेरि आत्मदाह प्रयास


काठमाडौं – काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ ।

संसद भवनको एक नम्बर गेट अगाडि एक जना युवकले आत्मदाहको प्रयास गरेका हुन् ।

पहिचान नखुलेका ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए । तर, उनलाई तत्काल प्रहरीले उद्धार गरेको छ । 

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए। प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए।

यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए ।