अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत

अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत


काठमाडौं – राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले सर्वसम्मतले प्रस्तावलाई स्वीकृत गरेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताउनुभयो । उहाँले सभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावको विपक्षमा कोही पनि सांसद नरहेका भन्दै प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गर्नुभयो । अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि संशोधन पेस गर्न चाहनुहुने सदस्यहरुले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधनको सूचना विधेयक शाखा प्रतिनिधि सभामा दिन सक्नेछन् । प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते सोमबार दिनको १ बजे बस्नेछ।