अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुगल म्यापमा नेपालको भूभाग भारतमा देखियो, यसमा सरकारकाे ध्यान जाओस्: सरिता भुसाल

गुगल म्यापमा नेपालको भूभाग भारतमा देखियो, यसमा सरकारकाे ध्यान जाओस्: सरिता भुसाल


काठमाडौं – नेकपा एमालेकी सांसद् सरिता भुसालले गुगल म्यापमा नेपालको भूभाग भारतमा देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् भुसालले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिका केही भूभाग गुगलमा भारतमा देखिएको बताउनुभयो।

नेपालको भूभाग भारतमा देखाउँदा त्यस क्षेत्रका नेपाली जनता मारमा परेका भन्दै उहाँले यसलाई गम्भीर रुपमा लिएर तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद् भुसालले भन्नुभयो, ‘पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३ को मर्चहवा, श्रीनगर, बालुटोलका केही भूभाग, ४ को गोकुलनगर, श्रीरामपुर, जर्लइया, बेलटारी र थारु टोलका साथै प्रतापपुर गाउँपालिका-८ को बालुवाटोलको पूरै र फड्पी टोलको केही भूभाग गुगल म्यापमा भारतमा देखिएका छन्, जसको कारण यहाँका किसान तथा व्यवसायीले वित्तिय संस्था तथा बैंकबाट ऋण प्राप्त गर्न नसकेर निक्कै ठूलो आर्थिक संकट भोगिराखेका छन्, तसर्थ यस समस्यालाई छिट्टै सच्चाइ यहाँका जनताको स्तरोन्नती गर्न सरकारको ध्याननाकर्षण गराउँछु ।’

Skip This