अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ। 

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको हो। ग्रन्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित पूर्वउपकुलपति, उपकुलपति र प्राज्ञले संयुक्त रुपमा लोकार्पण गर्नुभयो। 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, विभिन्न विश्वविद्यालयका उपकुलपति एवं विशिष्ट प्राज्ञको उपस्थिति रहेको थियो। ग्रन्थ प्राज्ञ शशी लुमुम्बूले सम्पादन गर्नुभएको हो।