अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१२४ किलो गाँजा बोकेको ट्रकसहित चालक पक्राउ

१२४ किलो गाँजा बोकेको ट्रकसहित चालक पक्राउ


जनकपुरधाम – मधेश प्रदेश प्रहरीले १२४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। 

मकवानपुर ८ मनहरीका ट्रक चालक शन्तबिर दोङ्गलाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिनु भयो ।

मकवानपुरबाट भारत पठाउनका लागि ना ७ ख ४२५१ नम्बरको ट्रकमा गाँजा ल्याउँदै गर्दा चालक दोङ्गलाई ट्रकसहित पक्राउ गरिएको उहाँले बताउनु भयो ।

गाँजा पैठारी हुन लागेको गोप्य सूचनाको आधारमा प्रहरीको विशेष टोलीले जनकपुरधाम ढल्केवर सडकखण्ड अन्तर्गत पर्ने लक्ष्मिनिया चोकबाट ट्रकलाई नियन्त्रणमा लिएको हो।