काठमाडौँ- अखिल नेपाल महिला संघकी संयोजक थममाया थापाले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा महिलाहरुको ३३ प्रतिशत सहभागिता,विभेदपूर्ण कानून खारेज, महिला हिंसकाको अन्त्य र आमाको नामबाट नागरिकता पाउने प्रस्ताव पारित भएको बताउनुभएको छ।
शनिवार काठमाडौंमा शुरु भएको अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्नुहुँदै अध्यक्ष थापाले एमालेको एकल बहुमतको सरकार नबनेसम्म संविधान र कानूनमा व्यवस्था भएका महिलाका अधिकार व्यवहारमा कार्यान्वयन गर्न समस्या आइरहने बताउनुभयो ।
उहाँले अखिल नेपाल महिला संघले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता र आमाको नामबाट नागरिकता पाउने व्यवस्था आफ्नो नेतृत्वमा प्राप्त भएको भन्दै यसको स्वामित्व लिने घोषणा गर्नुभयो ।
निवर्तमान राष्ट्रपति विद्या भण्डारीकै नेतृत्वमा उक्त व्यवस्था अन्तरिम संविधान र संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख गरिएको भन्दै संयोजक थापाले एमालेका कारण प्राप्त भएका महिला अधिकारको विषयमा अरूले स्वामित्व लिन खोजेको आरोप समेत लगाउनुभयो ।
सम्मेलन दुई दिनसम्म काठमाडौंमा चल्नेछ ।




प्रतिक्रिया