काठमाडौं – संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न सत्तापक्षले विपक्षी दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेको छ।
शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको शीर्ष तीन दलका नेताहरूको छलफल भएको थियो।
छलफलमा सहभागी भएका एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले टिआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गर्नुभएको थियो । तर, अध्यक्ष ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गर्नुभएको छ ।






प्रतिक्रिया