अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल

प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल


बुटवल – प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल चयन हुनुभएको छ।

बुटवलमा शुक्रबारदेखि भएको पहिलो राष्ट्रिय सम्मेलनले पोख्रेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। यस्तै, आठ जनालाई सल्लाहकार चयन गरिएको छ। 

संघको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराई तथा कोषाध्यक्षमा प्रज्ववल पहाडी चयन भएका छन्।

सम्मेलनले संगठनको प्रतिवेदन, घोषणापत्र, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विधान संशोधन गरेको छ।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।

Skip This