अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीआरसी विधेयक संसदीय समितिमा नगई टुंगिदैन: अध्यक्ष ओली

टीआरसी विधेयक संसदीय समितिमा नगई टुंगिदैन: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) समितिमा नगइकन नटुंगिने स्पष्ट पार्नुभएको छ।

आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो। 

उहाँले छलफलमा संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको पनि बताउनु भयो । अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सदनका काम कारबाहीहरुको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशिल ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ। समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ। दुई तीन दिनभित्र अर्को बैठक बस्छ।’