काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक माग गरेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित हुनु भएको छ।
अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ। रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गर्नुभयो। सांसद श्रेष्ठले प्रसाईंसँग साढे २ करोड पैसा मागेको अडिओ आइतबार बिहान सार्वजनिक भएको थियो।
उहाँ समानुपातिक सांसद हुन्।
अडिओमा श्रेष्ठले प्रसाईंसँग गत पुस १० को आसपास रकम मागेको सुनिन्छ।




प्रतिक्रिया