अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केसर स्विट्स एण्ड फुड्समा एनआईसी एशियाका ग्राहकलाई १० प्रतिशत छुट

केसर स्विट्स एण्ड फुड्समा एनआईसी एशियाका ग्राहकलाई १० प्रतिशत छुट


काठमाडौं – एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौंस्थित पशुपति प्लाजामा रहेको केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाइका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ। 

समझदारी पत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह-संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन्। 

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै उक्त समझदारी गरेको बैंकले जनाएको छ। यसअनुसार बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाइका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने छन्।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। 

Skip This