अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढाकाकुमारलाई कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला: रवि लामिछाने

ढाकाकुमारलाई कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला: रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताउनु भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताउनु भयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘यतिखेर हामीले भ्रष्टाचारको कुरा गरिरहँदा आज हाम्रा एकजना संघीय सांसदको अडिओ टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु । म स्पष्ट पार्न चाहन्छु, भ्रष्टाचारका विषयमा हाम्रो भनाई, हाम्रो गराई र हाम्रो कुरा सधैं एउटै हो। त्यो अडिओ सार्वजनिक हुने बित्तिकै मैले पार्टी पंक्तिमा ७२ घन्टाभित्र छानबिन गर्नू भनेर अल्टिमेटम दिएको छु।’

उहाँले देशका भ्रष्टाचार काण्डहरू ७२ वर्षदेखि अड्किएको भएपनि आफ्नो पार्टीमाथि प्रश्न उठेपछि तत्काल कारबाही हुने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अड्किएका होलान मलाई मतलब छैन। तर हाम्रो पार्टीभित्र प्रश्न उठेपछि त्यसको निराकरण हुन्छ । यो छानबिन नहुँदासम्म सांसदको रुपमा र हाम्रो पार्टीको साधारण सदस्यको रुपमा पनि हाम्रा सांसद ढाकाकुमार श्रेष्ठलाई कुनै कार्य गर्न दिने छैन।’

Skip This