अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको काम निर्देशन दिनेबाहेक केही भएन: पदम गिरी

प्रधानमन्त्रीको काम निर्देशन दिनेबाहेक केही भएन: पदम गिरी


काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिने बाहेक केहि गर्न नसकेको बताउनुभएकाे छ।

सोमबार  संसदमा बाेल्नुहुँदै गिरीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताउनुभयाे । गिरीले भन्नुभयाे, ‘संसद्मा जनताका समस्याबारे घनिभूत छलफल गर्न सकेनौं । जनतामा निरासा सृजना भएको छ । संसद् बैठक २१ पटक बस्यो तर, उपलब्धी केही हुनै सकेको छैन । एउटा ऐन समेत निर्माण हुन सकेको छैन । ’

युवाहरू गह भरी आँशु बोकेर विदेशीन बाध्य भएको र आम जनतामा ठूलो निरासा छाएको बताउनुभयाे । गिरीले भन्नुभयाे, ‘संसद्मा आएर जवाफदेहि हुनुपर्छ, प्रधानमन्त्रीज्यूले । आज सरकारका उपप्रधानमन्त्री पश्चिममा गएर देशको अर्थतन्त्र संकट छ भनेर बोल्नुहुन्छ, यहही कुरा संसद्मा प्रधानमन्त्री र अर्थ मन्त्रीले जवाफ किन दिनुहुन्न ?’

गिरीले प्रधानमन्त्री प्रचण्डले सत्ताको फोहोरी खेल खेलेर आनन्द लिइरहेको बताउनुभयाे ।