अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड सरकार बनाउन माहिर, नेतृत्व लिन असक्षम: हिसिला यमी

प्रचण्ड सरकार बनाउन माहिर, नेतृत्व लिन असक्षम: हिसिला यमी


काठमाडौं – नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा माओवादी केन्द्र १२ वटा सरकारमा सहभागी बने पनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको बताउनु भयो । उहाँले शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको होरु भन्दै प्रश्न गर्नुभयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री दाहाल गणितीय वर्चस्वमै रमाएको र राज्य पुनः संरचनासँग सम्बन्धित सत्य निरुपण मेलमिलाप आयोगलाई महत्व दिनु भएको छैन ।’

उहाँले भन्नुभयो, ‘प्रचण्ड जो हुनुहुन्छ, १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उहाँले गर्नुभएको छ, उहाँले आफ्नो नेतृत्वको सरकार मिलाउन त प्रचण्डै माहिर हुनुहुन्छ। तर, सत्ताको नेतृत्व गर्नमा उहाँको पुगेकै छैन। नपुगेकै कारण यो जुन निवेदन आएको छ, जुन निवेदनले गर्दा आज हामी सबै एक ठाउँमा आउन पाएका छौँ। आज यो १२ वर्षको अवधिमा कैयौँ माओवादी पार्टीका नेताहरु कोही मन्त्री बने, कोही संघका कोही प्रदेशका मन्त्री बने। कोही मेयर, कोही उपमेयर बने। सबै केही न केही पदमा छौँ, हजारौँ मान्छेहरु सभासद भए तर यो विषयमा किन ध्यान गएन ?’

उपाध्यक्ष यमीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्यनिरूपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरुलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो ? भन्दै प्रश्न गर्नुभयो ।

Skip This