अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तातोपानी नाका आजदेखि बन्द हुने

तातोपानी नाका आजदेखि बन्द हुने


काठमाडौँ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि तातोपानी नाका एक साता बन्द हुने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रूपमा खुलाउन चैत २८ देखी वैशाख २ गतेसम्म बन्द हुने भएको हो ।

नेपालस्थित चिनियाँ दूतावासले भनेको छ, ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ । त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी  वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।

Skip This