काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । श्रेष्ठले दुई करोड घुस मागेको अडियो प्रकरणबारे बयान लिन पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो ४ बजे बोलाइएको अनुशासन आयोगका संयोजक भरतमणी देवकोटाले जानकारी दिनुभयो ।
आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियो । श्रेष्ठले सोमबार लिखित स्पष्टीकरण बुझाइसकेकाले आज भेटेर सोधपुछ गर्न लागिएको देवकोटाले बताउनु भयो ।
उहाँसँग छलफलपश्चात आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्ने अनुशासन आयोगका संयोजक देवकोटा बताउनु भयो ।



प्रतिक्रिया