अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाको बैठक वैशाख ४ गतेका लागि सर्‍यो

राष्ट्रिय सभाको बैठक वैशाख ४ गतेका लागि सर्‍यो


काठमाडौं – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ।

भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ’ आज जारी सूचनामा भनिएको छ ।