काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिका सार्न सुझाव दिनुभएको छ ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्नुहुँदै मेयर बालेनले काठमाडौँ महानगरपालिकाको हितमा काम नगर्ने भए सिंहदरबार सार्न सुझाव दिनुभएको हो ।
‘कि काठमाडौँको हितमा काम गर्नुहोस् ,कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्’,उहाँले लेख्नुभएको छ । काठमाडौँ बासीलाई सिंहदरबार र राजधानी दुवै सारे पनि कुनै कुनै आपत्ति नरहेको बताउनुभयो । ‘हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन ,चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ, राजनीति हैन’,उहाँले भन्नुभयो ।



प्रतिक्रिया