अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक (सूचीसहित)

प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक (सूचीसहित)


काठमाडौं – प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७७/०७८ को पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ। 

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण मूल्याङ्कन प्रतिवेदनको आधारमा पत्रपत्रिका वर्गीकरण मूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो। 

आ.व. २०७७/०७८ को वर्गीकरण मूल्याङ्कनको लागि ८६८ पत्रपत्रिकाले निवेदन दिएका थिए। जसमा दैनिक, साप्ताहिकदेखि मासिकसहितका एक वर्षभित्र प्रकाशित पत्रिका छन्। आवेदन दिएकामध्ये अङ्क तथा कागजात नपुग भएकाले १४७ पत्रपत्रिकाको वर्गीकरण नतिजा स्थगन गरिएको काउन्सिलले जनाएको छ। 

वर्गीकरण नतिजा 
क वर्ग- २४५

ख वर्ग- ३४८
ग वर्ग- १११
घ वर्ग- १७
स्थगन- १४७

काउन्सिलले नतिजामार चित्त नबुझेमा तथा स्थगनमा रहेका पत्रिकाका प्रकाशकहरूले आधार प्रमाण संलग्न गरी नतिजा सार्वजनिक गरिएको १५ दिनभित्र निवेदन दिन भनेको छ। त्यसैगरी दोब्बर दस्तुरमा थप ७ दिनको समयमा पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ। 

कुन पत्रिका कुन वर्गमा ?

Skip This