अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न पाएन: गणेश तिमिल्सिना

सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न पाएन: गणेश तिमिल्सिना


काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार स्थिर नहुँदा समस्या भएको बताउनु भएको छ।

नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०७९ साल निर्वाचनको वर्ष भए पनि मुलुकले स्थिरता दिन नसकेको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘दुई महिनामै सरकार परिवर्तन हुँदा निराशा पैदा भएको छ । सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न पाएको छैन । समितिहरु ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरु अघि बढ्न सकेको छैन ।’