अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योग वाणिज्य महासंघका पदाधिकारीको सपथ ग्रहण आज

उद्योग वाणिज्य महासंघका पदाधिकारीको सपथ ग्रहण आज


काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यले आज शपथ खाँदै छन्। बिहीबार भएको चुनावबाट चुनिएका वरिष्ठ उपाध्यक्षदेखि तलका सबै सदस्यले आज पद तथा गोपनीयताको शपथ खाने भएका हुन्।
महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुरूप महासंघको नेतृत्व चन्द्र ढकालले भने गत शुक्रबार नै शपथ लिनु भएको छ ।
चुनावबाट निर्वाचित पदाधिकारी र सदस्यलाई अध्यक्ष ढकालले आज शपथ खुवाउने कार्यक्तम छ ।

चुनावबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी हुनुभयो भने जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल चुनिनु भएको छ ।

उनीहरूसहित नवनिर्वाचित सदस्यलाई आज शपथका साथै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ । आजै नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ।