अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजकै दिन : अमेरिकी स्वतन्त्रता युद्ध सुरु

आजकै दिन : अमेरिकी स्वतन्त्रता युद्ध सुरु


काठमाडौँ — सन् १७७५ मा आजकै दिन (अप्रिल १९) मा अमेरिकामा स्वतन्त्रताका लागि युद्ध सुरु भएको थियो । उक्त दिन ब्रिटिस फौज र अमेरिकी क्रान्तिकारी समूहबीच मासाचुसेट्सको कन्कर्ड र लेक्सिङटनमा युद्ध सुरु भएको थियो । 

‘अमेरिकन रेभुलुसनरी वार’ तथा ‘युनाइटेड स्टेट्स वार अफ इन्डिपेन्डेन्स’ का रूपमा चिनिने उक्त युद्ध करिब आठ वर्षसम्म चलेको थियो । युद्धका क्रममा ब्रिटेनले उत्तर अमेरिकाका १३ वटा उपनिवेश गुमाएको थियो । सुरुमा ब्रिटिस साम्राज्यबीच आन्तरिक रूपमा रहेको द्वन्द्व १७७८ मा फ्रान्स र १७७९ मा स्पेन उपनिवेशहरूको पक्ष लिँदै ब्रिटेनविरुद्ध उभिए पनि अन्तर्राष्ट्रिय युद्धका रूपमा परिणत भएको थियो ।

त्यसलगत्तै अमेरिकालाई आधिकारिक मान्यता दिँदै आर्थिक सहयोगसमेत गरेको नेदरल्यान्ड्स पनि ब्रिटेनविरुद्ध युद्धमा सामेल भएको थियो । फ्रान्सलगायत देशको सहयोगसँगै ब्रिटिस फौजले १७८१ मा भर्जिनियाको योर्कटाउनमा आत्मसर्मपण गर्न बाध्य भएसँगै अमेरिका स्वतन्त्र भएको थियो । यद्यपि, कतिपय स्थानमा भने १७८३ सम्म युद्ध चलेको थियो ।-एजेन्सी

Skip This