अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बारा आउँदै

चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बारा आउँदै


बारा -उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारा जाँदैहुनुहुन्छ ।
बाराको पचरौतामा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटव्यूरो सदस्य एवं बारा इन्चार्ज अच्यूत मैनालीले जानकारी दिनुभयो । त्यसका लागि अध्यक्ष ओली दिउसो १२ बजे सिमरा बिमानस्थल पुग्ने कार्यक्रम तय भएको मैनालीले जानकारी दिनुभयो । बारा २ बाट नेकपा एमालेका पुरुषोत्तम पौडेल उम्मेद्वार हुनुहुन्छ । स्वास्थयका कारण अध्यक्ष ओली केही दिन अघि नै तीनवटै निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम भए पनि जान सक्नु भएको थिएन ।