अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको कारबाहीपछि भोजपुरका उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधानले दिए राजीनामा

एमालेको कारबाहीपछि भोजपुरका उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधानले दिए राजीनामा


भोजपुर-भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्।नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उनले बताइन्।

शेर्पाले पार्टीको निर्णयपछि जनप्रतिनिधिको हैसियतमा पदमा बसिरहन उपयुक्त नदेखिएकाले पद त्याग गरेको प्रतिक्रिया दिएकी छन्।

यसैबीच, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्। उनलाई पनि पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमालेले कारबाही गरेको थियो।

एमालेले पार्टी अनुशासन उल्लंघन तथा पार्टी हितविपरीत कार्य गरेको निष्कर्षसहित दुवै जनप्रतिनिधिलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। त्यसलगत्तै उनीहरूले जनप्रतिनिधिको पदबाट समेत राजीनामा दिएका हुन्।

दुवै जनप्रतिनिधिको राजीनामापछि भोजपुरको स्थानीय राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।