अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मातातीर्थमा दर्शनार्थीको घुइँचो

मातातीर्थमा दर्शनार्थीको घुइँचो


काठमाडौं औ आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ।

आमा गुमाएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन् । श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूलप्रसाद चढाउँछन्।

मातातीर्थमा स्नान गर्नाले छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । यही विश्वासका साथ हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान प्रकट गर्नेहरुको मातातीर्थमा घुइँचो लाग्दछ । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरि नगरपालिकाभर सार्वजनिक विदा नै दिइएको छ ।

Skip This