अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर


काठमाडौं – दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 

जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले नायब सुब्बा पण्डित र लेखापढी व्यवसायी कर्णलाई सेवाग्राहीबाट नौ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।