अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच किलो सुनसहित दुई पक्राउ

पाँच किलो सुनसहित दुई पक्राउ


नेपालगन्ज – बाँकेको नेपालगन्जमा झण्डै ५ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। नेपालगन्जको न्यूरोड क्षेत्रबाट प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९२७ दशमलव २१८ ग्राम सुनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार, सोनी र ठाकुरले तयारी गरगहनासहित गहना बनाएर ल्याएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। सुनको सिक्री, माला, वाला, चुरी, झुम्का मुन्द्री, ब्रासलेट हार औंठी बरामद गरेको छ।