अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीमा कार दुर्घटना : दुईजनाको मृत्यु, एक घाइते

सिन्धुलीमा कार दुर्घटना : दुईजनाको मृत्यु, एक घाइते


काठमाडौँ । सिन्धुलीमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

आज बिहान भएको उक्त दुर्घटनामा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौँ बस्ने सहारा प्रसाईँ  र एक पुरुष रहेका छन् । उनीहरूको दुर्घटना स्थलमा नै मृत्यु भएको हो ।

काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा८च ९१३५ नम्बरको कार कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ ।