अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवाहित युवतिको रहस्यमय मृत्यु, तीन जना पक्राउ

विवाहित युवतिको रहस्यमय मृत्यु, तीन जना पक्राउ


नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका-२ बर्दहवामा एक २० वर्षीया विवाहित युवती सोमवार मृत अवस्थामा फेला परेकी छन् । स्थानीय २० वर्षीया प्रीति थारु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले विवाहित युवती मृत फेलापरेको जनाउँदै घटना शङ्कास्पद रहेकाले अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने बताउनुभयो । 

‘मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो, भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ’ डिएसपी तिवारीले भन्नुभयो, ‘घटना शङ्कास्पद भएकाले परिवारकै तीन जनालाई नियन्त्रणमा लिएका छौँ ।’ 

घट्नाको अनुसन्धानका लागि कोहलपुर प्रहरीले मृतक युवतिका पति, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । सो घटना शङ्कास्पद देखिएपछि अनुसन्धानको दायरा फराकिलो पारेर सूक्ष्म रूपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ । 

मृतकका माइती पक्षले भने घरपरिवारले प्रीतिको हत्या गरेको आरोप लगाएका छन् । घटनाको दिन बिहान समेत युवतिका पतिसहित घरपरिवारका सदस्यले उनीमाथि कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ ।