अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक लाख घुससहित समातिएका ललितपुर शिक्षा अधिकृत पौडेलविरुद्ध मुद्दा

एक लाख घुससहित समातिएका ललितपुर शिक्षा अधिकृत पौडेलविरुद्ध मुद्दा


काठमाडौं – ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

पौडेले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

पौडेलविरुद्ध एक लाख विगो कायम गरी जरिवाना तथा कैद सजाय मागसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।