अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्याय चुस्त बनाउने मेरो पहिलो प्राथमिकता: कानूनमन्त्री गुरुङ

न्याय चुस्त बनाउने मेरो पहिलो प्राथमिकता: कानूनमन्त्री गुरुङ


काठमाडौं नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। उहाँले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताउनुभयो। 

उहाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनुभयो। उहाँले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्ने कुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। उहाँले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ। कुनै पनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्नेकुरा निकालिनेछ। सुशासन, न्याय ढिला हुने कुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढ्नेछु। कानुन बमोजिम सबै चल्नुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन। त्यही ढङ्गबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, त्यही अनुसार म काम गर्नेछु। कुनै पनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन। अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउनेछु।’

कानुनमन्त्री गुरुङले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गर्नुभएको हो।