धादिङ-सडक भासिएपछि पृथ्वी राजमार्ग पुर्णरूपमा अवरूद्व भएको छ।
धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडक भासिएर राजमार्ग बन्द भएको हो। मोटरसाइकलसमेत पार हुन नसक्ने गरी सडक भासिएर त्रिशुलीमा खसेको प्रहरीले जानकारी दिएको छ।
जोखिम व्यवस्थापन तथा डाइभर्सन वा मर्मतको विकल्पबारे छलफल भइरहेको छ। सडक अवरूद्व हुँदा सम्पूर्ण सवारी साधन बाटोमै रोकिएका छन्।



प्रतिक्रिया