अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भुटानी शरणार्थी प्रकरण: थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

भुटानी शरणार्थी प्रकरण: थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

​​​​​​​ भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा पक्राउ पुर्जी जारी गरेको छ। 

पक्राउ पुर्जी जारी भएका हरिभक्त महर्जन दिया सहकारीको सञ्चालक समिति सदस्य हुन्। सहकारीकै अर्का सञ्चालक केशव तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा फेला परेको छ। प्रहरीले गरेको अनुसन्धानबाट हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको थियो ।

पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरुको खातामा नगद डिपोजिट गरेको बयान दिएका छन्।

प्रहरीले गत चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । त्यसैगरी चैत १५ गते पक्राउ परेका सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा-१० को पूर्व अध्यक्ष हुन्। सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए ।

वैशाख २० मा सचिव टेकनारायण पाण्डे र वैशाख १९ मा डा. इन्द्रजित राई पक्राउ परेका हुन् ।

घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना अहिले प्रहरीको हिरासतमा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ भने आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको थाहा भएको छ ।