काठमाडौं – संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ।
अपर अरुणको सामान ढुवानीका क्रममा सिम्रिक एयरको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो।
नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाले उक्त हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन रहेको छ । सामान ढुवानीमा प्रयोग भइरहेकाले त्यसमा चालक दलका सदस्य मात्रै थिए।’
निरौलाले अहिले उक्त हेलिकोप्टरको खोजीकार्य भइरहेको बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।




प्रतिक्रिया