अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छठ पर्वमा दुई दिन सार्वजनिक बिदा, सोमबार पनि बिदा दिने निर्णय

छठ पर्वमा दुई दिन सार्वजनिक बिदा, सोमबार पनि बिदा दिने निर्णय


काठमाडौं-सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो।

गृह मन्त्रालयका अनुसार छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा छ। सोही परम्परालाई ध्यानमा राख्दै छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा २०८३ कात्तिक ३० गते सोमबारका दिनसमेत सार्वजनिक बिदा दिइएको उल्लेख छ।

सरकारको यो निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।