अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिम्रिकको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सिम्रिकको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो


काठमाडौं – अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर भेटिएको छ।

सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा भेटिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताउनु भयो।

दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खास्थित बारीको पाटामा क्षतविक्षत अवस्थामा भेटिएको हो। 

दुर्घटनापछि हेलिकोप्टर क्षतविक्षत भएको छ। त्यहाँ रहेका चालकको अवस्था खुलेको छैन। तर त्यहाँ नेपाली सेना र स्थानीयहरु पुगिसकेका छन्। 

दुर्घटनाग्रस्त हेलिकोप्टर। तस्बिर : वाङ्दी भोटे