काठमाडौं – दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
१९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनको शव फेल पारेको हो ।
डोटीको जोरायल गाउँपालिका-२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
यसअघि तीन जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ।




प्रतिक्रिया