काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आफू संसदमा तथ्य-प्रमाणसहित बोल्ने बताउनु भएको छ।
आज पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले भुटानी शरणार्थी समस्याका विषयमा सत्य कुराहरु जेठ चार गतेको संसद बैठकमा बोल्ने उहाँले बताउनु भयो।
यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले बताउनु भयो । उहाँले भन्नुभो, ‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ। आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ।’
अध्यक्ष ओलीले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गर्नुभयो । यो विषयमा अझै विस्तृत अध्ययन गरेर आगामी ४ गते संसदमा बोल्ने ओलीले बताउनु भयो ।
‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु,’ ओलीले भन्नुभयो।




प्रतिक्रिया