अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमालखबर पत्रिका बन्द भयो

हिमालखबर पत्रिका बन्द भयो


काठमाडौं – जेठ अंकको ‘कोही किन धनी-गरीब ?’ शीर्षकको आवरण अंकसँगै हिमाल खबरपत्रिका सधैँका लागि बन्द हुने हिमालमिडिया प्रालिले जनाएको छ।

पाक्षिक, साप्ताहिक हुँदै पछिल्लो समय यो मासिक रुपमा प्रकाशित हुँदै आएको थियो । छापा साप्ताहिक प्रकाशन भइरहँदा कोभिडकालमा खबरपत्रिका स्थगन हुन पुगेको थियो भने २०७८ भदौदेखि पुन: मासिक रुपमा प्रकाशित हुँदै आएको थियो। २५ वर्षदेखि प्रकाशन हुँदै आएको म्यागेजिन हिमालखबर पत्रिका बन्द भएको हो।

हिमालका प्रकाशक कनकमणि दीक्षितले प्रकाशकीय नोटमा हिमालखबर पत्रिकाले विश्राम लिएको बताउनु भएको छ।

‘पाठकलाई दुःखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अङ्कबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ,’ दीक्षिततले प्रकाशकीय नोटमा लेख्नुभएको ५ छन्, ‘मासिक हिमालको नेतृत्व गरेका रविन गिरी सहित खबरपत्रिका टीम तथा हाम्रो पानालाई आफ्नो ठानिदिनुभएका सबै लेखक, विचार निर्माणकर्तालाई मनैदेखि धन्यवाद।’

हिमालखबर डटकम भने यथावत् रहने प्रकाशकीयमा उल्लेख छ।

Skip This