गोरखा-बुढीगण्डकी नदीमा आज बिहान आएको भीषण बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ।
बाढीले बुढीगण्डकी हाइड्रोपावरसँगै दोभानखोला हाइड्रोपावरको बेलिब्रिज र घरहरू पनि बगाएको छ। त्यस्तै, यारुखोलाको बेलिब्रिज र भवनसमेत बाढीले बगाएको जनाइएको छ।
बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचनामा क्षति पुर्याएपछि नदी तटीय क्षेत्रका बासिन्दामा त्रास बढेको छ। बाढीको जोखिम मुग्लिङसम्म रहेको भन्दै सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
बाढीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ।



प्रतिक्रिया