काठमाडौं – नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोमबार साँझ उहाँले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको कार्यालय प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उहाँविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित हुनु भएको हो ।
उहाँविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो। यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको शेर्पामाथि आरोप छ।
जिल्ला अदालत काठमाडौंबाट शुक्रबार नै उहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। तर शेर्पा त्यसअघि नै फरार हुनु भएको थियाे। यो प्रकरणमा ठूला नाम संलग्न भएको र पक्राउ पर्न थालेपछि उहाँले मोबाइल स्वीचअफ गरेर फरार हुनु भएको थियो ।




प्रतिक्रिया