काठमाडौं -नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् तथा यती समूहका अध्यक्ष सोनाम शेर्पाले पनि सगरमाथाको आरोहण गर्नुभएको छ । आज बिहान ७ बजेर ३४ मिनेटमा सोनामले सगरमाथाको चुचरोमा यति समुहका प्रवक्ता सुदर्शन बर्तौलाले यो बेलालाई जानकारी दिनुभयो ।
यसअघि श्रीमती पासाङसँगै सगरमाथाको शिखर चुम्ने सोनामको प्रयास असफल भएको थियो । दुवै जना सगरमाथा आरोहणका लागि गएकोमा सोनाम क्याम्प २ बाटै फर्कनु परेको थियो । पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन् ।
शिखर चुमेर फर्किने क्रममा पासाङको निधन भएको थियो । सोनामले यसअघि ६वटा महादेशका अग्ला हिमाल आरोहण गरिसक्नुभएको छ । सगरमाथा समेत आरोहण गरेर उनले सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने आफ्नो योजना सोनामले पुरा गर्नु भएको छ ।






प्रतिक्रिया