काठमाडौं – नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस शहर केन्द्रित भएको आरोप लगाउनुभएको छ।
बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले बिस्तारै हराउँदै गएको बताउनु भयो ।
उहाँले अहिले केन्द्रिय समितिमा धेरै सदस्य रहेपनि त्यसको सही सदुपयोग हुन नसकेको बताउनु भयो।
यादवले निर्वाचनका बेला आधा मात्रै केन्द्रिय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताउनुभयो।
‘कांग्रेस सहरकेन्द्रित भयो। गिरिजाप्रसाद कोइरालाहरु गाउँकेन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्ला जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘पहिला केन्द्रीय समितिमा ३०, ३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कमसेकम आधालाई जिल्लामा खटाएको भए एउटामा दुईजना पुग्थे। अरु पार्टीका पार्टीका सदस्यहरु ग्रासरुट गरिरहेका छन्। तपाईंहरु यहाँ बसिरहनु हुन्छ।’






प्रतिक्रिया