काठमाडौं – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भूटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताउनुभएको छ।
बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता कोइरालाले नक्कली भूटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताउनु भयो। उहाँले काँग्रेस पार्टीको नेताहरु नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिनुले काँग्रेसको गरिमामा आँच आएको बताउनु भयो ।
उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताउनु भयो। उहाँले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताउनु भयो ।
उहाँले देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको बताउनु भयो।






प्रतिक्रिया