अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक: प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ

प्रतिनिधि सभा बैठक: प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ


काठमाडौं-सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ। आज (बिहीबार) संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौं बैठक सुरु भएको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच प्रत्यक्ष सवाल–जवाफ हुने कार्यसूची रहेको छ।

सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने जानकारी दिनुभयो।

साथै, प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आ.व २०७८-०७९’ पेश गर्नुहुने छ।