काठमाडौं-नेकपा एमालेका नवनियुक्त १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार च्यासलमा आयोजित कार्यक्रममा उनीहरूलाई शपथ गराएका हुन्।
शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले विभिन्न जिल्लाका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।
मनोनीत हुनेमा भोजपुरकी सिर्जना राई, कास्कीकी डा. पुष्पा केसी भण्डारी, रुपन्देहीकी सावित्रा अर्याल, कञ्चनपुरकी इन्दु कडरिया विष्ट, नवलपुरकी सीता पंगेनी, पाल्पाकी सीता अधिकारी, सिराहाका धर्मनाथप्रसाद साह, तेह्रथुमका तेजमान कन्दङवा, ताप्लेजुङका टंक आङ्वोहाङ, रोल्पाका नवीन रोक्का, स्याङ्जाका मीनप्रसाद गुरुङ, दोलखाका डवल पाण्डे र रुपन्देहीका तेजेन्द्र केसी रहेका छन्।
पार्टी स्थायी कमिटीको निर्णयअनुसार केन्द्रीय सदस्यमा मनोनीत उनीहरूले शपथ लिएसँगै एमालेको केन्द्रीय कमिटीमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।












प्रतिक्रिया