अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रो एक इन्च जमिन पनि अरुलाई छाड्दैनौं: प्रधानमन्त्री प्रचण्ड

हाम्रो एक इन्च जमिन पनि अरुलाई छाड्दैनौं: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बतानुभएकाे  छ।

बिहीबार एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लिपुलेक लगायतका भूमि फिर्ता गर्ने र समग्र सीमा समस्या समाधानबारे कार्यसूची छ कि छैन भनेर गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हित विपरीतका कुनै किसिमका सम्झौता नगर्ने सदनलाई विश्वास दिनुभयाे। 

‘इपीजी रिपोर्टदेखि सीमा समस्यासँग सम्बन्धित विषयहरु र हाम्रो जमिनसँग विषयमा के कुरा प्रष्ट गरेका छौं भने हामी हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं’, प्रधानमन्त्रीले भन्नुभयााे, ‘हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन, हाम्राे एक इन्च जमिन पनि छाेड्दैनाै । भारत भ्रमणका क्रममा सोही मान्यताभित्र रहेर नै कुराकानी हुन्छ’  इपीजी रिपोर्ट बुझ्ने वा नबुझ्ने भन्ने बारेचाँही दाहालले अहिले भन्न नसिकने बताउनभुयाे ।

‘इपीजी रिपोर्ट बुझ्ने वा नबुझ्ने र देशभित्र आएपछि के हुन्छ भन्ने कुरा भ्रमणमा गएर कुरा गरिसकेपछिको परिस्थितिमा मात्रै भन्न सकिन्छ । तर म के विश्वास दिलाउन चाहन्छु भने नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता वा कुनै भ्रम पर्न दिइने छैन’, प्रधानमन्त्रीको भनाइ छ ।