काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्नुहुने भएको छ।
भोलि अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने सभामुख देवराज घिमिरेले बताउनु भयो।
उहाँले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम भएकाले ३:४५ बजे नै तोकिएको ड्रेस कोडमा संसदमा आइपुग्न निर्देशन गर्नुभयो।
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने बताउनु भयो ।




प्रतिक्रिया